२० हजार थान अक्सिजन सिलिन्डर जोहो गरिँदै

काठमाडौं । छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट किन्नका लागि सरकारले बाटो खुला गरिदिने भएको छ । अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयले उक्त परिमाणको सिलिन्डर भित्र्याउन कर छूटको प्रस्ताव पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अक्सिजनको अभाव हुन नदिन निजीक्षेत्रबाटै सिलिन्डर किन्नका लागि आयातमा लाग्दै आएको भन्सार छूट दिन अर्थमा प्रस्ताव पठाइएको र छिट्ट निर्णय भएर आउने बताए । ‘अर्थबाट सकारात्मक जवाफ पाएका छौं, निर्णय भएर आउनेबित्तिकै निजीक्षेत्रले किन्न बाटो खुल्नेछ,’ उनले भने । व्यवसायीहरूले भने सिलिन्डर किन्न कठिन भएको बताएका छन् । उनीहरूका अनुसार चीन, भारतबाटै सिलिन्डर आउने हो, सिलिन्डर किन्र्न ती मुलुकमै महामारी कायमै छ । चीनबाट ल्याउन त्यति सहज छैन भने भारतमा सिलिन्डरको हाहाकार नै छ । अहिले नेपालभित्र करीब २ लाखको हाराहारीमा अक्सिजन सिलिन्डर रहेको व्यवसायीको अनुमान छ । एभरेष्ट अक्सिजनका सञ्चालकसमेत रहेका उद्योगी शिवप्रसाद घिमिरेका अनुसार कोभिड अघिसम्म कतिपय अस्पतालले माग नभएका कारण खर्चिलो अक्सिजन प्लान्ट चलाएका थिएनन् भने सिलिन्डरमा उपलब्ध गराउने उद्योगहरू पनि करीब ४० प्रतिशत सञ्चालनमा थिएनन् । तर, अहिले अस्पतालले पनि अक्सिजन प्लान्ट चलाउन थालिसकेका छन् र उद्योगहरू पनि पूर्णरूपमा सञ्चालनमा आउने क्रम छ । त्यसैले अक्सिजनको अभाव नहुने आकलन उनको छ । संक्रमणले उग्र रूप लिएमा भने अहिलेको सिलिन्डरले माग धान्न कठिन हुन सक्ने उनले बताए । घिमिरेका अनुसार काठमाडौं आसपासमा अक्सिजन प्लान्ट बढी छन् उपत्यका बाहिर कम छन् । ‘ठाउँठाउँमा सिलिन्डरमार्पmत अक्सिजन सप्लाई गर्नुपर्ने अवस्था आउँदै छ, सीमाबाट सिलिन्डर बाहिर जाँदा झनै संकट आउने खतरा छ,’ उनले भने । महामारीले भारतमा जस्तै उग्र रूप लिने हो भने सिलिन्डरकै अभावमा अक्सिजनको हाहाकार हुने सम्भावना बढेको उनको भनाइ छ । स्वास्थ्यका अधिकारीहरूका अनुसार अस्पतालहरूमा बिरामी भरिभराउ हुँदै जाने तर जनशक्तिको अभावमा अस्पतालहरूमा रहेको अक्सिजन प्लान्टले उत्पादन बढाउन नसक्ने हो भने नेपालमा पनि अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने परिस्थिति आउनेछ । यस्तो खतरालाई ध्यानमा राखेर नयाँ सिलिन्डिर ल्याई स्टकमा राख्ने तयारी सरकारले गरेको हो । अक्सिजन दिने उपकरण र त्यससँग सम्बद्ध सामानहरू समेत किनेर ल्याउन बाटो खुलाइदिने काम सरकारले गर्दै छ । ‘नेबुलाइजर, हाई फ्लो अक्सिजन क्यानुला र कोभिडको उपचारार्थ चाहिने अन्य सम्बद्ध सामग्री आयातमा समेत भन्सार छूटको लागि हामीले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ स्वास्थ्य प्रवक्ता गौतमले भने । बजारमा मेडिकल अक्सिजनको माग बढेको व्यवसायीहरू बताउँछन् । मुख्यतः सीमावर्ती क्षेत्रमा बिरामीलाई अक्सिजन दिने उपकरण र त्यससँग सम्बद्ध सामानहरूको माग बढ्दो छ । केही व्यवसायीले धेरै मात्रामा यी सामान किनिरहेको सूचना आएको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । उनका अनुसार खुला सीमा भएका कारण ओसारपसार रोक्न कठिन भए पनि त्यसलाई रोक्न संघबाट भरपूर पहल भइरहेको छ ।

सम्बन्धित सामग्री

हराउन थाल्यो अक्सिजन सिलिन्डर

अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ ।  संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् ।  उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिन्डर लगेका छन् ।  उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिन्डरको गाडीबीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्म...

हराउँदै अक्सिजन सिलिन्डर

अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ । संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् । उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिन्डर लगेका छन् । उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिन्डरको गाडीबीच बाटो र उद्योग परिसरब

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

काठमान्डाैं / तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए... The post तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात appeared first on Purbeli News.

परिसंघले ९ अस्पताललाई दियो २०० अक्सिजन सिलिन्डर

काठमाडौं। नेपाल उद्योग परिसंघले ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर दिएको छ। परिसंघका अध्यक्ष शतिसकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिन्डर दिएका हुन्। मोरले कार्यक्रममा सम्बोधन गर्दै सबै एकजुट भएर महामारीविरुद्ध अगाडी बढ्नुपर्ने बताए।

ओमानबाट आइपुग्यो अक्सिजन सिलिन्डर

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइपुर्‍याएको छ। गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरूप प्राप्त भएको ५६० थान अक्सिजन सिलिन्डर वाइड बडी ‘ए’ ३३० जहाजमार्फत् अहिले केहीबेरअघि मस्कटबाट आइपुगेको हो।

ओमानबाट अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजि...

विराटनगरमा उद्योगले लुकाएका दुई सय अक्सिजन सिलिन्डर बरामद

विराटनगर र आसपासका विभिन्न उद्योगले लुकाएर राखेका अक्सिजन सिलिन्डर प्रहरीले फेला पारेको छ । विभिन्न उद्योगमा दुई सयभन्दा बढी अक्सिजन सिलिन्डर लुकाएर राखेको अवस्थामा फेला परेको हो

अस्पताललाई अक्सिजन सिलिन्डर

ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर अक्सिजन सिलिन्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिन्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैयाँ सिलिन्डर खरिदमा सहयोग गरेका थिए । यस्तै बजार

अक्सिजन सिलिन्डर बुझाउन सरकारको उर्दी

सरकारले कसैसँग अक्सिजन सिलिन्डर भएमा नजिकैको अस्पताल वा स्थानीय प्रशासनमा बुझाउन अनुरोध गरेको छ । मुख्यसचिवको अध्यक्षतामा बिहीबार बसेको बैठकले चिकित्सकको सिफारिस बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न, भएका सिलिन्डर नजिकैको अस्पतालमा प्रशासनमा बुझाउन आग्रह गरेको हो ।  कोभिड १९ को महामारीमा संक्रमितको उपचारमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेको छ भने यसैको अभावमा कतिपय संक्रमितको मृत्यु भएको समाचार सार्वजनिक हुँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक