काठमाडौँको मेयरमा काँग्रेस नेताहरूको दौडधुप सुरु, पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्म आकाङ्क्षी

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेसभित्र चुनावी चहलपहल बढ्न थालेको छ । काँग्रेसले केन्द्रीय समिति बैठकबाटै स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै चुनावी चहलपहल बढ्दै गएको हो ।गत फागुन ३ गते काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि ‘घर–घर जाऊ काँग्रेस जिताऊ’ नारा तय गरेको फागुन २० गते देखि चैत २० गतेसम्म निर्वाचन अभियान चलाउने निर्णय गरेको थियो । चुनावी मिति नजिकिँदै जाँदा संघीय राजधानी काठमाडौँमा काँग्

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन २०७९: जो कहिल्यै हारेनन्

टिकटका लागि कहिल्यै नेताको घरदैलो पुगेनन् । मतदातालाई रिझाउन भोजभतेर गरेनन् । अरूझैं चुनाव प्रचारप्रसारमा दौडधुप देखिन्न । तर, पनि नरसिंह व्यञ्जनकारले हालसम्म स्थानीय तहको चुनावमा हार बेहोर्नुपरेको छैन । २०२९ सालदेखि २०७४ सम्म लगातार १० पटक वडाध्यक्ष जितिसकेका उनले यसपालि पनि स्थानीय तह निर्वाचनमा वडाध्यक्षकै लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षलाई जिताउन राणाको दौडधुप

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले संघमा चुनाव लड्ने घोषणा गरिसकेका छन्। उनी एमालेसँग तालमेलको प्रयासमा छन्। ०७४ को चुनावमा नेपालगञ्जको २३ वटा वडामध्ये तीन वटाको मात्रै वडाध्यक्ष जितेर पनि राप्रपाका महामन्त्री डा. राणाले मेयर जितेका थिए। राणाले पार्टीगत भन्दा व्यक्तिगत मतले चुनाव जितेको देखिन्थ्यो। नेपालगञ्जमा अहिले राप्रपा फुटको असर प्रष्ट देखिएको छ। […]

वडाध्यक्ष हुनु त सूर्यजस्तो

हँसिलो चेहेरा । मिजासिलो व्यवहार र मिठो बोली । सबैलाई सम्मानपूर्वक व्यवहार । दिनरात समाजकै निम्ति दौडधुप । सूर्य लामाको यो विशेषता हो । पहिचान हो । हुनत उनी स्थानीय जनप्रतिनिधि हुन् ।