कञ्चनपुर : माइती नेपाल कञ्चनपुरले भारतको शिमलामा घरेलु कामदारका रूपमा बेचिएकी एक महिलाको आज उद्धार गरेको छ।माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि उद्धार गरेको हो। उद्धार गरिएकी महिलालाई माइती नेपालको महेन्द्रनगरस्थित सेफ हाउसमा राखिएको छ।‘सल्यान घर भएकी महिलालाई ५० हजारमा घरेलु कामदारका रूपमा बेचिएको रहेछ’, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन्, ‘शिमलाको बागीबाट महिलाको उद्धार गरी ल्याएका छौँ।’उनका अनुसार बाँकेको कोहलपुरका गोपाल विकले मह