काठमाडौं, असार ११ । सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धार गरेको छ । गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानून उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता गरेको हो । एक जनामा भने कोरोना पुष्टि भएकाले निको भएपछि ल्याइने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । […]