काठमाडाैं : नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औँ धर्मश्रीका लागि काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ।सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल ब्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो।यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो।२३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए।१६ औँ धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन्