न्याय खोज्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

२२ असोज, काठमाडौं । २८ वर्षीय माताप्रसाद धोबी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । २२ दिनको धपेडीले उनी निकै गलेका छन् । उनीसँगै आएका अन्य १३ महिला र दुई पुरुषको हालत पनि उस्तै छ । नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको यो टोलीले काठमाडौंमा बाससमेत पाएको छैन । धूलाम्ये शरीर र खाली गोडामै काठमाडौंका […]

सम्बन्धित सामग्री

काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन

न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।

मिटरब्याजपीडित न्याय खोज्दै काठमाडौंमा

महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका छन् । सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानी आइपुगेका हुन् ।

मिटरब्याजपीडित न्याय खोज्दै काठमाडौंमा [तस्बिरहरु]

मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका छन् । बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित ११ औं दिनमा उपत्यका छिरेका हुन् । आफ्ना माग सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए ।