रियल म्याड्रिडको सानदार जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए । एवान्का बालाइडोस भिगोमा शनिबार […]

सम्बन्धित सामग्री

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामाथि सानदार जित निकाल्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको च्याम्पियन बनेको छ । स्पेनिस ‘एल क्लासिको’ मा ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरले ह्याट्रिक पूरा गरेपछि साविक विजेता समेत रहेको बार्सिलोनालाई ४–१ ले पराजित गर्दै रियल च्याम्पियन बन्न सफल भएको हो । साउदी अरेबियाको अल अवाल पार्क किङ साउद युनिभर्सिटकिो आइतबार राति […] The post बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन first appeared on हाम्रो खेलकुद.

सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा

एजेन्सी – घरेलु मैदानमा सानदार पूनरागमन जित निकाल्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर रियल मलोर्कामाथि ४–१ को सानदार जित निकाल्दै ला लिगामा लगातार पाँचौ जित निकाल्न सफल भएको छ । रियलको जितमा फेडे भाल्भेर्डे, भिनिसियस जुनियर, रोड्रिगो र एन्टेनियो रुडिगरले गोल गरे । […]

स्पान्योललाई हराउँदै रियल म्याड्रिड ला लिगा च्याम्पियन

एजेन्सी – स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो । स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । […]

स्पेनिस ला लिगा : रियल म्याड्रिड शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ५–२ गोलले हरायो । खेलमा दुई पटक पछि परेको रियलले सानदानर पूनरागमन जित निकालेको हो ।रियलको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे । भिनिसियस जुनियर र इडुआर्डाे कामाभिङगाले एक एक गोल थपेका थिए । सेल्टा भिगोका सान्टि मिना र फ्रान्को सेर्भीको गोल सान्त्वना गोलमा परिणत भयो ।खेलमा सुरुआती अग्रता सेल्टा भिगोले लिएको थियो । चौथो मिनेटमा सान्टि मिनाले लागो आसपासको पासमा गोलगर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए । रियलविरुद्ध ४१ प्रतिशत बल पोसेसन राख्न सफल सेल्टा भिगोले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।यता ५९ प्रतिशत बल पोसेसन राखेको रियलले दोस्रो हाफको सुरुवातमै गोल फर्कायो । ४६औं मिनेटम बेन्जेमाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जेमाको पासमा गोलगर्दै रियललाई अगाडी बढाए ।७२औं मिनेटमा इडुआर्डाेले अर्को गोल थपे । यसै सिजन रियलमा आवद्ध भएका इडुआर्डाे डेब्यु खेलमै गोल गर्न सफल भएका हुन् । ८७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोलगर्दै रियललाई सानदार जित दिलाए । ह्याट्रिक पूरा गरेका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।जितसँगै रियलले शीर्षस्थान कब्जा गरेको छ । रियलले चार खेलबाट १० अंक बनाएको छ । पराजित सेल्टा भिगो एक अंक सहित १८औं स्थानमा छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोल अन्तरमा आधारमा दोस्रो स्थानमा छ ।आइतबार रातिनै भएको खेलमा साविक विजेता एट्लेटिकोले स्पान्योललाई २–१ गोलले हराएको थियो । अर्को खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४–१ गोलले पराजित गर्यो । रियल सोसिडाडले १० खलाडीमा सिमित काडिजलाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।

शीर्ष स्थानको एट्लेटिको सानदार जित, रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले सानदार जित हात पारेको छ। सिटीले आइतबार राति भएको खेलमा एइबारलाई ५-० गोलले पराजित गर्‍यो।