मधेस आन्दोलनका विभिन्न शृङ्खलालाई नेतृत्व गरेका अनुहार केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको विषयलाई लिएर तराई मधेसमा मिश्रित प्रतिक्रिया पाइएको छ ।एउटा पक्षले वर्तमान सरकारमार्फत तराई मधेसका माग पूरा गराउन खटेका नेताहरु कतिपय माग पूरा भइसकेको अवस्थामा सरकारमा सामेल हुनु स्वाभाविक रहेको बताएको छ । अर्को पक्ष भने प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र मधेसका केही नेता त्यसको मतियार देखिएको भन्दै विरोध गर्न थालेको छ ।जसपाको भ्रातृ संगठन समाजवादी युवा धनुषाका जिल्ला अध्यक्ष दिपेन्द्र कापर