काठमाडौं । लाइफबोईले सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनको हाइजीन पार्टनरको रूपमा सहकार्य गर्ने भएको छ । शोका दर्शकलाई स्वच्छ र स्वस्थ आनीबानीबारे सचेत गराउँदै यसको महत्त्वलाई स्थापित गर्न सहकार्य गरेको लाइफबोईले जानकारी दिएको छ । ‘द भ्वाइस किड्स नेपाल’ विश्वव्यापी गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को नेपाली संस्करण हो । यो कार्यक्रमको पहिलो शृंखला १० मार्चमा प्रसारण हुँदै छ । हप्ताको दुई दिन प्रत्येक शुक्रवार र शनिवार हिमालय टीभीमा कार्यक्रम प्रसारण हुनेछ । लाइफबोई एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो ।