नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) द्वारा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले सधैंभरी असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यबद्धता हुनुपर्ने बताए ।कार्यक्रममा श्रेष्ठले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए ।