राजेन्द्र राउत मनाङ–मर्स्याङ्दी क्लबका पूर्व फूटबल खेलाडी हुन् । मनाङ–मर्स्याङ्दी क्लबबाट फूटबलका खेलाडी यतिबेला व्यावसायिक क्षेत्रमै नाम कमाउन सफल बनेका छन् ।
राजेन्द्र खेलाडी बन्न चाहन्थे तर बुवाले उनलाई व्यवसायी बनाउन चाहे । बुवा दलबहादुर राउतको कुरा काट्न नसकेपछि राजेन्द्रले खेलकुद र व्यवसाय सँगसँगै गरे । उनी दुवैतिर सफल पनि भए ।
शुरूआतताका सफल भइन्छ कि भइँदैन भन्ने चिन्ताबीच २०४२ सालमा उनले काठमाडौंमा गार्मेन्ट उद्योग सञ्चालन गरे । राजेन्द्रले त्यही गार्मेन्ट उद्योग २० वर्षसम्म सञ्चालन गरे । १ हजार २०० मजदुरला...