वीरताको कथामा सिन्धुलीगढी बन्ने

१९२४ सालताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबीचको युद्धलाई आधार मानेर ऐतिहासिक फिल्म सिन्धुलीगढी बन्ने भएको छ। गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेको युद्धमा आधारित फिल्म विश्वदीप (विश्वमणि) घिमिरले निर्देशन गर्नेछन्। निर्देशक घिमिरेकै पटकथा तथा संवाद रहेको फिल्म सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा सास अधिकारीले निर्माण गर्नेछन्। निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन […]

सम्बन्धित सामग्री

सिन्धुलीकाे गोलन्जोर डाँडाे पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाकाे डाँडाे आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेकाे छ । वीपी राजमार्गको आसपासमा रहेको गोलन्जोरको खनियाखर्क, सोलाभन्ज्याङग र ल्यान्द्रयाङ क्षेत्रमा आदिवासी जातिको बस्तीलाई होमस्टेको रुपमा विकास गरी पर्यटकीय गन्तव्य बन्ने देखिएकाे छ । ऐतिहासिक सिन्धुलीगढी र पौवागढी आसपासमा रहेका गोलन्जोर क्षेत्रमा पर्यटकीय गन्तव्यको रुपमा विकास तथा विस्तार गर्न स्थानीय कृषि […]

तिल्केस्थान गढीः घुमफिरसँगै ‘गिद्ध’को अध्ययनका लागि ‘विश्वविद्यालय’

देशभरी कति कोट, गढी तथा पूराना दरबारहरु संरक्षणको अभावमा जीर्ण मात्रै होइन, अस्तित्व नै गुमाउन पनि पुगिसकेका छन् । यस्तै मध्येको एउटा ऐतिहासिक क्षेत्र हो रामेछापको तिल्केस्थान गढी ।राजा पृथ्वीनारायण शाहले अंग्रेज फौजसँगको लडाईका बेला यदि सिन्धुलीगढी किल्ला हारेमा त्यसको विकल्पका रूपमा तिल्केस्थान गढी (किल्ला) बनाउन लगाएका थिए । यदि सिन्धुली गढीबाट अंग्रेजहरु अघि बढेको खण्डमा तिल्केस्थान गढीबाट त्यसको प्रतिकार गर्ने उदेश्यले त्यहाँ ठूला ठूला बङ्कर बनाईएका थिए । ती बङ्करहरु अहिले पनि छन् ।तर, अंग्रेजहरु सिन्धुली गढीबाटै लखेटिए । तिल्केस्थान गढीबाट लड्नु परेन । त्यसैले, राष्ट्रिय सुरक्षा र अन्तराष्ट्रिय फौजसँगको लडाईमा प्रत्यक्ष र परोक्ष रुपमा जोडिएको एउटा ऐतिहासिक भूमी भएकाले पनि तिल्केस्थान गढीको महत्व बढी छ । २०७४ सालको निर्वाचनपछि आएका जनप्रतिनिधिको नजरमा यो ऐतिहासिक भूमी पर्न गयो । विशेष गरी मन्थली नगरपालिकाले यसमा बढी चासो देखायो ।तिल्केस्थान गढी साविक भलुवाजोर गा.वि.स. वडा नं.३ र ४ को शीर हो । हाल यो भूमी मन्थली नगरपालिकाको वडा नम्बर ६ र रामेछाप नगरको वडा नम्बर ८ को सीमा क्षेत्रमा परेको छ । समुद्री सतहबाट १६ सय ४८ मिटरको उचाईमा रहेको तिल्केस्थान गढीमा मन्थली नगरपालिकाले पर्यटकीय पूर्वाधारहरु पनि बनाएको छ । गढीसम्म पुग्न फेदीबाट खुड्किाला हालिएका छन् । खुड्किलाका दुवैतर्फ रेलिङ राखिएको छ । गढीको बीचमा मन्दिर बनाईएको छ । यद्यपी, यो मन्दिर आवश्यक छैन भन्ने कोणबाट कुराहरु उठ्न थालेका छन् । बङ्करको वरीपरी चप्लेटी ढुंगा विछ्याएर चिटिक्क पारिएको छ ।छोटो इतिहासतिल्केस्थान गढीमा अंग्रेज फौजसँगको नेपालको युद्धताका सैनिक बस्थे । त्यहाँ बस्ने सैनिक र युद्धका सामग्री भण्डारणका लागि साविक भलुवाजोर गा.वि.स.को वडा नं. ६ मा अर्को सुरुङ बनाईएको थियो भन्ने गरिन्छ । त्यहीँ सुरुङको नामबाट साविक भलुवाजोर गा.वि.स.को वडा नं. ६ लाई ‘कोटगाउँ’ भनिएको हो भन्ने किंवदन्ती छ ।नेपाल एकीकरणमा विजयी स्थानको रक्षा गर्न सैनिक खटाउने क्रममा तिल्केस्थान गढीको सुरक्षा गर्ने जिम्मा सहित भलुवाजोरमा पूर्व सैनिक बडा ऐमानसिंह (अहिमानसिंह) थापालाई खटाईएको इतिहास छ । वि.सं. १८३६ सालतिर अहिमानसिंह थापालाई भलुवाजोरमा स्थायी बसोबास नै गर्ने गरी आवश्यक सबै बन्दोबस्त गरेर खटाईएको विषय राष्ट्रिय विभूती अमरसिंह थापा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरुमा समेत उल्लेख छ । ती सैनिकहरु माडी चौरमा परेड खेल्थे पनि भनिन्छ । माडी चौर तिल्केस्थान गढीमा देश रक्षर्थ खटिएका सैनिकहरुको पनि तालिम गर्ने थलो हो ।उत्तर–दक्षिण दृश्यावलोकन, लोपन्मुख गिद्धको बासस्थानगुराँस, मौवा, चिलाउने, फँडील, काफल जस्ता ठूला जातका बोटविरुवासहित भूँइ झारजन्य जडीबुटी पनि पाईने यो टाकुरामा स्वच्छ हावा पाइन्छ ।नजिकै अवस्थित केवलेश्वर महादेव मन्दिर (रामेछाप नगरपालिका वडा नम्बर ८) बाट २० मिनेटको पैदल यात्रामा पुग्न सकिने तिल्केस्थान गढी मध्य पहाडको एउटा सम्भावना बोकेको ग्रामिण पर्यटकीय गन्तव्य हो । नजिकै बस्ती नभई जंगलै जंगलले घेरिएको मात्रै नभई तामाकोशी र सुनकोशी बीचको अग्लो टाकुरो भएकाले यो थुम्काको भू–बनोट पनि अत्यन्त सुन्दर छ ।  जाडो महिनामा बिहान गौरिशंकर हिमालबाट उदाएको घामको झिल्को ठ्याक्कै यो डाँडामा ठोकिन्छ र, साँझसम्म न्यायो भईरहन्छ । गर्मी महिनामा सितलाले शरीरलाई फुर्ति दिलाईरहन्छ ।त्यसैले पनि सो क्षेत्र विभिन्न जनारको बासस्थान पनि बनेको छ । यो स्थानको दक्षिणतर्फ ‘गिद्धले छेर्ने पहरो’ (गिद्धहरु बस्ने भएकाले) भनिने ढुङ्गे पहाड छ । लोपन्मुख गिद्धको बसोबास त्यहाँ आज पर्यन्त पनि छ । गिद्धको विषयमा अध्ययन गर्न चाहनेहरुका लागि पनि यो ठाउँ ‘विश्वविद्यालय’ सरह हो भन्न सकिन्छ ।सँगै, तिल्केस्थानको टाकुराबाट दक्षिणमा महाभारत चुरे (सिन्धुलीको हरिहरपुर गढी क्षेत्र), सुनकोशी किरानाका मनोरम फाँट (हाईबार बेसी र ग्वाल्टार), ऐतिहासिक सिन्धुली गढी, जुनार सुन्तलाको पकेट क्षेत्र सिन्धुलीको खनियाखर्क, मतानबास डाँडो लगायतका क्षेत्र देख्न सकिन्छ ।उत्तरतर्फ मनै लोभ्याउने गौरिशंकर हिमाल, मकालु हिमाल, रोल्वालिङ हिम श्रृङ्खला, सैलुङ क्षेत्र, आकाश खुलेको समयमा सगरमाथा क्षेत्रसमेत यो भूमीबाट देख्न सकिन्छ । असार साउन र मंसिरमा मन्थलीको माँडीफाँटको दृश्य सबैभन्दा सुन्दर कतैबाट देखिन्छ भने, त्यो तिल्केस्थान गढीबाट मात्रै देखिन्छ ।अपार सम्भावनायो क्षेत्र सुख्खाग्रस्त क्षेत्र हो । पर्यावरणीय दृष्टिले मानव तथा जीवजन्तुको बसोबासका लागि अत्यन्त लाभदायक क्षेत्र हुँदाहुँदै पनि यो क्षेत्रमा खानेपानीको समस्या छ । रामेछाप र मन्थली दुबैतर्फ खानेपानीका योजना बन्ने क्रम विगत केही वर्षदेखि सुरु भएको छ ।भलुवाजोरतर्फ त तामाकोशीको पानी तिल्केस्थान गढीको फेदीमा बनाईएको ट्याङ्कीमा झर्न थालिसकेको छ । यसले तिल्केस्थान गढी आसपाससहित भलुवाजोरको विकासको सम्भावनाको ढोका खोलेको छ ।यो क्षेत्रमा जुनार खेतीको सम्भावना धेरै छ । ग्रामिण कृषिलाई ग्रामिण पर्यटनमा जोड्न सकिए भलुवाजोरको अपार सफलता अब टाढा छैन । सँगै, तिल्केस्थान गढी पछाडीको ढुङ्गे पहाडमा पनि ‘रक क्लाईम्बिङ’ जस्ता ‘साहसिक पर्यटकीय खेल’हरु खेलाउन सकिन्छ । यसका लागि लगानी जुटाउनु वा लगानीकर्ता खोज्नु यस क्षेत्रका युवाहरुको आजको कार्यभार हो ।

ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने

काठमाडौँ। विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ। विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन्।

सिन्धुलीगढीको युद्धमा फिल्म ‘सिन्धुलीगढी’ घोषणा

काठमाडौं–निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा फिल्म ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धुलीगढीमा भएको युद्धमा आधारित फिल्मको आलेखमा निर्देशक घिमिरेले पटकथा तथा संवाद तयार पारेका गरेका छन् । फिल्मका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए । फिल्म सास इन्टरटेन्मेन्ट सिनेमाको व्यानरमा […]