कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको तयारी गरेका छन् । थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले पुस १८ गते दल दर्ता गर्ने तयारी गरेका हुन् । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा मुख्य आरोपी बनाइएका रेशमलाल चौधरीले मधेसवादी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । चौधरीका निकटस्थ स्रोतका अनुसार उनले मधेसी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । रातोपाटीलाई प्राप