पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि पोखरा महानगरपालिकाले बिहीबार दिउँसो १ बजेदेखि बिदा दिने निर्णय गरेको छ।मुख्य गरी गण्डकी प्रदेशको राजधानी पोखरामा जारी खेलकुद प्रतियोगिताको बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्नेछन्। गण्डकी प्रदेशमा आयोजित खेलकुदको उद्घाटन जस्तै समापन पनि भव्य बनाउन तथा इच्छुकहरूलाई सहभागी हुनका लागि बिदा दिइएको हो।पोखरालगायत गण्डकी प्रदेशका विभिन्न जिल्लामा खेलहरू भइरहेका छन्। मुख्य आयोजना स्थल पोखरा महान