अर्घाखाँची - २० वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० धरम्पानीका स्थानीयहरु हर्षित भएका छन् ।
सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा नेकपा माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो ।
देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुन: नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो । जलेर नष्ट भएका लालपुर्जा २० वर्षपछि पाउँदा स्थानीयहरु अत्यन्तै खुसी भएका छन् ।
विशेष नापी कार्यालय अर्घाखाँचील...