३८ वर्षदेखि लालपुर्जा प्राप्तिका लागि लडाईँ

२ सय बढी दलित समुदायहरु लालपुर्जा प्राप्तिका लागि लडिरहेका छन्। तर, सरकारले अहिलेसम्म लालपुर्जा दिन सकेको छैन्। उनीहरु सुकुम्वासी जस्तै भएर जीवन बिताउनु परेको छ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालको निर्देशनपछि भुम्लुवासी लालपुर्जा पाउने आशमा

काभ्रेपलाञ्चोक, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा लालपुर्जा दिन निर्देशन दिएपछि यहाँका नागरिक आशावादी देखिएका छन् । विविध कारण उक्त गाउँपालिकाको वडा नं ७ र ८ का करिव एक हजार दुई सय परिवार ४९ वर्षदेखि लालपुर्जाका पर्खाइमा रहेका हुन् । विसं २०३२ को […]

‘२० औं वर्षदेखि जनतालाई लालपुर्जा नदिनु सरकारको कमजोरी’

काठमाडौँ : सुदूरपश्चिम प्रदेशअन्तर्गतको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका धेरैजसो बस्ती हिउँदमा पनि बाढी र डुबानको जोखिममा पर्ने गर्दछन्। भारतीय पक्षले हिउँदमा जोगबुढा नदीको हाइड्रोपावरमा प्रयोग भएको पानी खोलिदिने भएकाले केही बस्ती वर्षभर डुबानमा परेका हुन्।विशेष गरी वडा नम्बर १० को कुतियाकबर, वडा नम्बर ३ को बडुवाल टोल, ७ को कञ्चनभोज र ८ को सुन्दरनगरबस्ती भारतसँगै जोडिएका छन्। कुतियाकबर जोगबुढा नदी पारी छ। अहिले जोगबुढामा आउजाउ गर्न झोलुंगे पुल बनेको छ तर वर्षाको समयमा दुवैतर्फ जलमग्न

तिलोत्तमाका भूमिहीनलाई लालपुर्जा वितरण

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको समन्वयमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको हो ।

धमाधम लालपुर्जा बाँड्दै मन्त्री

काठमाडौं, भदौ ३१ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय भूमि ऐन, २०२१ लाई आठौं संशोधन गरी विगत १० वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमबासीलाई एक पटकका लागि लालपुर्जा दिने व्यवस्था गरेको थियो। भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले पछिल्लो एक हप्ताको अवधिमा मधेसका ३ जिल्ला पुगी लालपुर्जा बाँडिन्। बुधबार मोरङको कानेपोखरीमा भूमिहीन […]

धमाधम लालपुर्जा बाँड्दै मन्त्री

तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय भूमि ऐन, २०२१ लाई आठौं संशोधन गरी विगत १० वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमबासीलाई एक पटकका लागि लालपुर्जा दिने व्यवस्था गरेको थियो।...

कटानीवासीको पीडा : जमिन छ, लालपुर्जा छैन

‍१० भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका-२ कटानीका रामबहादुर मिजार ३५ वर्षदेखि एकै ठाउँमा बस्दै आएका छन् । तर, उनी बसेको जमिन उनको नाममा छैन । जंगल छेउमा बसेका उनले पाँच कठ्ठा जमिन चर्चेर उपभोग गर्दै आएका छन् । ‘३५ वर्ष भयो यो ठाउँमा बसेको, पाँच वटी छोरीको विवाह यहीबाटै गरें’ उनले भने, ‘नागरिकता छ, […]

सुकुम्बासीलाई जग्गा वितरण : चुनावको मुखमा नापी सुरु

अत्तरिया- करिब ४५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न नाप जाँच सुरु भएपछि बलराम ढोली दमाई खुसी देखिन्थे। कैलालीको गोदावरी नगरपालिका– ५ बरबट्टामा उनको परिवार २०२३ सालदेखि बस्दै आएको छ। तर, जग्गाको लालपुर्जा भने उनले पाउन सकेका छैनन्। बुधबार गोदावरी नगरपालिकाले लालपुर्जा वितरण गर्ने भन्दै जग्गा नाप जाँच सुरु गरेपछि भने लालपुर्जा पाउनेमा […]

१२ परिवार दलित सुकुम्बासीले पाए लालपुर्जा

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ परिवारले लालपुर्जा पाएका छन् । उनीहरू सडक निर्माणका कारण गाउँ नै पहिरोको जोखिममा परेपछि २२ वर्षदेखि घमिरकै सिलादीस्थित सार्वजनिक जग्गामा बसोबास गर्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रूपमा बसोबास गरिरहेका दलित विपन्न […] The post १२ परिवार दलित सुकुम्बासीले पाए लालपुर्जा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गुल्मीका विपन्न दलित सुकुम्बासीलाई लालपुर्जा

तम्घास – गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत […]

सुर्खेतका भूमिहीन भन्छन्– ‘सरकारले हामीमाथि घात गर्यो’

सुर्खेतकी सरिता नेपाली विगत २५ वर्षदेखि नै ऐलानी जमिनमा गुजारा गर्दै आएकी छन्। यो बीचमा धेरै सरकार परिवर्तन भए । हरेक जसो चुनावताका नेताहरू भोट माग्न जाँदा भन्ने गर्दथे,‘ हामीलाई भोट दिनुहोला, हामी तपाईंलाई लालपुर्जा उपलब्ध गराउँछौँ।’  तर, उनको लालपुर्जा पाउने आशा अझै पनि आशामै सीमित छ।  गत वर्ष केपी शर्मा ओली सरकारले भूमिहीनको समस्या समाधान गर्ने कुरा सुनेपछि सरितामा केही आशा जागोको थियो । ‘हामीले केही समयमै लालपुर्जा पाउने कुरा सुनेका थियौ । तर, देउव