सरकारले छिमेकी मुलुकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम र नियन्त्रण अवस्था हेरेर मात्रै नेपालमा जारी ‘लकडाउन’ खुला गर्ने भएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले छिमेकी मुलुकमा कोरोना भाइरस नियन्त्रण र जोखिमको अवस्था कस्तो छ भन्ने नहेरी एकपक्षीय रुपमा लकडाउन खोल्ने निर्णय गर्ने स्थिति नरहेको स्पष्ट पार्नुभयो ।