काठमाडौं। भारतीय राजदूतावासले आफ्ना नागरिकलाई कुनै तेस्रो मुलुक जाने क्रममा नेपालमा नरोकिन अनुरोध गरेको छ। नेपालमा बढ्दो कोरोना सङ्क्रमणका कारण विदेशी नागरिकलाई प्रतिबन्ध लगाइएपछि दूतावासले यस्तो अनुरोध गरेको छ। पछिल्लो समय विभिन्न मुलुक जाने भारतीय नागरिक नेपाल आउने क्रम बढेको छ। कोरोना नियन्त्रणमा नेपाल सरकारले लिएको सुरक्षा नीतिलाई दृष्टिगत गर्दै भारतीय दूतावासले आफ्ना नागरिकलाई नेपाल नआउन सल्लाह दिएको हो।