काठमाडौं – आगामी फागुन १ गते शैक्षिक संस्था खोल्न पाइने भएको छ ।
आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएका छन्…