मधेश प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा राजीनामा दिएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मुख्यन्यायाधिवक्ता झाले पदबाट राजीनामा दिएका थिए ।शनिबार महोत्तरीको सदरमुकामा जलेश्वरमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको हातबाट माला र टिका लगाएर उनी पार्टी प्रवेश गरेका छन् । तर झालाई पार्टी प्रवेश असहज र चुनौतीपूर्ण रहन सक्ने संकेत देखिएको छ । पार्टी प्रवेश गर्दागर्दै उनले जसपाका स