काठमाडौं। नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँको दरले तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री तथा निष्काशन गर्न अनुमति दिएको हो। लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डसँग सेयर निष्कशनको लागि अनुमति मागेका थियो। कम्पनीको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।