नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्ने बताइन । संवैधानिक व्यवस्था बमोजिम संसदको कार्यकाल हुँदाहुँदै ओली सरले २ पटक संसद विघटन गरेपछि पार्टीमा विद्रोह गरेकाले समयमै संसदीय चुनाव हुनुपर्ने झाक्रीले जिकिर गरिन् । ‘चुनाव आज घोषणा हुनसक्छ । त्यो पनि मंसिर ४ गते घोषणा हुनसक्छ । चुनाव फागुनमा सार्नु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै झाक्रीले भनिन्, ‘हामी सं