संघीय मन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्रीले कसैको रोमाञ्चकारी कथाले जनताको पेट नभरिने बताएकी छन् । बुटवलमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले सुन्दा रोमाञ्चक लाग्ने तर व्यवहारमा पूरा नहुने कथा सुनाएर जनतालाई अल्मल्याएको बताइन् ।उनले राजनीतिमा स्थायित्वको प्रश्न गर्दा केपी ओली र उहाँका भजन मण्डलीले व्यक्तिको स्थायित्व खोजेका कारण पार्टी विभाजन भएको पनि बताइन् । संविधानलाई मिचेर संसद विघटन गर्ने, जनताका अधिकार खोस्नेहरूला