वासिङ्टन डीसी। प्रवासमा जन्मिएका र हुर्किएका १८ वर्ष मुनिका भार्इ बहिनीहरुलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उदेश्यले अनेसास बाल–तारा’ पुरस्कारको स्थापना गरिएको छ। अनेसासको मासिक बाल कार्यक्रम ‘बाल–तारा’ मार्फत प्रतिभाको खोजीगर्दै यो पुरस्कारको परिकल्पना गरिएको हो।