एम अधिकारी प्रकरण : माओवादीले माग्यो गभर्नरको राजीनामा

काठमाडौं : नेकपा माओवादी केन्द्रले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको छ। बिहीबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले राजीनामा माग गरेका हुन्। प्रश्न उठिसकेपछि गर्भनर अधिकारीले पद छोड्नु बेस हुने उनको भनाइ छ। ‘महाप्रसाद अधिकारी नाम गरेको अर्थ तथा योजना विभागको त्यही जिल्लाको मान्छे फलाना हुनुहु

सम्बन्धित सामग्री

‘एम अधिकारी खोज्दैछु, भोलि सार्वजनिक गरिदिन्छु’

नेकपा एमालेले अर्थ तथा योजना समितिको सदस्यमा एम अधिकारी नाम राखेपछि उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेको छ । एमालेले पनि एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएपनि उनी को हुन् भन्ने विषय सार्वजनिक गर्न सकेको छैन ।एमालेका कतिपय नेताले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारी लेखिएको जिकिर गरेपनि अहिलेसम्म मनोज अधिकारी सार्वजनिक भएका छैनन् । संचारमाध्याममा र सरोकारवालाको चासोका कारण विराटनगरका सिए अधिकारी  भने मोबाइल अफ गरेर भारततिर लागेको च

नक्कली एम अधिकारी खडा गर्ने एमालेको प्रयास !

३० असार, विराटनगर । अर्थ तथा योजना विभाग सदस्यको सूचीमा गभर्नर महाप्रसाद अधिकारी नरहेको वक्तव्य निकालेको नेकपा एमालेको नक्कली एम अधिकारी  खडा गर्न खोजेको पाइएको छ । एमालेले विराटनगरका एक जना चाटर्ड एकाउन्टेन्टलाई एम अधिकारी बनाएर सार्वजनिक गर्ने प्रयास गरेको पाइएको छ । सुरूमा एम अधिकारी बन्ने प्रस्तावमा सहमत भएका उनी अहिले सम्पर्कबिहीन भएका छन् […]

एमालेले नै फेला पार्न सकेन एम अधिकारी! जसको वरिपरि घुमिरहेको छ राजनीति

काठमाडौं: एम अधिकारी र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एउटै व्यक्ति हुन कि फरक? यसैको वरिपरि अहिले  चर्चा छ। सत्ता गठबन्धन गर्भनर अधिकारी नै एम अधिकारी भएको दाबी गरिरहेको छ भने  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बचाउ गरिरहेको छ। गठबन्धन दलका सांसदहरुले एम अधिकारी महाप्रसाद अधिकारी भएको र उनी एमालेको…

एमालेले गभर्नरलाई भन्यो– एम अधिकारी तपाईं होइन !

नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ । गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले हस्ताक्षर गरेको उक्त प्रस्टीकरणमा, ‘विभागमा उल्लेखित एम अधिकारी  सामाजिक सञ्

‘एम अधिकारी’ प्रकरणमा एमालेले मुख खोल्यो

काठमाडौँ : पछिल्लो समय चर्चामा रहेको एम अधिकारी प्रकरणमा एमालेले स्पष्टीकरणपत्र सार्वजनिक गरेको छ । बिहीबार एमालेले एक पत्र सार्वजनिक गर्दै आफ्नो अर्थ तथा योजना विभागको सदस्यमा उल्लेखित एम अधिकारी नाम राष्ट्र बैंकका गभर्नरको नभएको स्पष्टीकरण दिएको हो । पछिल्लो एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै भएको भन्दै एमाले र गभर्नरको चर्को आलोचना भइरहेको […]

एमालेको स्पष्टिकरणः एम अधिकारी गभर्नर होइनन्

काठमाडौँ – नेकपा एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएको छ। आफू एमालेमा संलग्न भएको आरोप लागेपछि गर्भनर अधिकारीले एमालेलाई पत्र लेखेका थिए। अधिकारीको सोही पत्रको जवाफमा पत्र लेख्दै एमालेले एम अधिकारी गर्भनर अधिकारी नभएको स्प्रष्ट पारेको हाे। एमाले कार्यलय सचिव भिष्म अधिकारीले गभर्नर अधिकारीलाई पत्र पठाए उक्त […]

एम अधिकारी गभर्नर नभएकाे एमालेको स्पष्टीकरण

काठमाडौँ। नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको छ । एम अधिकारी राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेको छ । यता, आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् […]

एमालेको स्पष्टीकरण : एम अधिकारी गभर्नर होइनन्

३० असार, काठमाडौं। नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ । एम अधिकारी राष्ट्र बैङ्का गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोना भइरहेको छ । यता, आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने […]

‘एम. अधिकारी’ फेला नपर्दा महाप्रसादमाथि महासङ्कट

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य ‘एम. अधिकारी’ को खोजी भएको तीन दिन बितिसक्यो । तर, प्रमुख प्रतिपक्षी दलले खोटाङ घर भएका ‘एम. अधिकारी’ यिनै हुन् भनेर सशरीर उपस्थित गराउन सकेको छैन । घनश्याम भुसाल प्रमुख र योगेन्द्रबहादुर शाही सचिव रहेको नेकपा एमालेको अर्थ तथा योजना विभागको ९ सदस्यमध्ये एक खोटाङ जिल्ला स्थायी ठेगाना भएका एम.अधिकारी उल्लेख छ । यता गभर्नर महाप्रसाद अधिकारीमाथि नैतिक सङ्कट चुलिँदै गएको छ । किनभने एमालेको विभागमा समावेश गरिएका ‘एम अधिकारी&

एमालेको अर्थ विभागका एम अधिकारी को हुन् ?

२८ असार, काठमाडौं । मंगलबार नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखेपछि नेपाल राष्ट्र बैंकभित्र खैलाबैला भयो । गभर्नर महाप्रसाद अधिकारीको नाम हुनसक्ने भन्दै एमाले निकट एक कार्यकारी निर्देशकले आर्थिक विभागका अन्य सदस्यलाई फोन गरेर सोधे– ‘एम अधिकारी’ भनेको गभर्नरसा‘ब त हैनन् ? […]