काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताउनुभएको छ ।बृहत नागरिक आन्दोलनले काठमाण्डौमा गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला गरेपछि तत्कालै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने भए पनि प्रस्तावपछिको राजनीतिक निकासबारे प्रष्ट नहुँदा ढिलाइ भएको बताउनुभयो ।उहाँले अब अविश्वासको प्रस्तावको लागि धेरै दिन कुर्न नसकिने बताउनुभयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले साथ दि...