गण्डकी प्रदेशकाे बेरुजु एक वर्षमा पाँच लाखबाट एक अर्ब ६४ करोड पुग्यो

स्थापनाको पहिलो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको बेरुजु पाँच लाख ४० हजार थियो । दोस्रो वर्ष यो रकम बढेर एक

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब

पछिल्लो पाँच वर्षमा कर्णाली प्रदेश सरकारको चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रूपैयाँ बेरुजु देखिएको छ।...

कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब

कर्णाली – कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा रु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशसभाका पदाधिकारीसँग पत्रकारहरूको संवाद कार्यक्रममा बेरुजुको तथ्याङ्क सार्वजनिक गरिएको हो । उक्त बेरुजु प्रदेश सरकारका मन्त्रालय […]

बाँकेमा २६१ करोड बेरुजु

बाँकेका स्थानीय तहको बेरुजु प्रत्येक वर्ष थपिँदै गएको छ । कानुन र प्रकृया मिचेर गरेको खर्चका कारण अघिल्ला आर्थिक वर्षमा देखिएको बेरुजु फस्र्योट नगर्दा यसको आकार बढ्दै गएको हो । जिल्लाका आठवटा पालिकाको अध्यावधिक बेरुजु रकम बढेर दुई अर्ब ६१ करोड ५१ लाख ६० हजार रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक […]

सरकारले १३ खर्ब खर्च गर्दा २७ अर्ब बेरुजु

अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले गरेको कुल खर्चको २.०७ प्रतिशत रकम बेरुजु देखिएको छ । गत आव ०७८/७९ मा सरकारले कुल १३ खर्ब नौ अर्ब ८७ करोड खर्च गरेको थियो । जसमध्ये...

तनहुँका स्थानीय तहको बेरुजु रु ३२ करोड

दमौली । तनहुँका स्थानीय तहले आर्थिक वर्ष २७७/७८ मा रु ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहको बेरुजु रकम उक्त आर्थिक वर्षमा रु ३२ करोड ४० लाख ९४ हजार रहेको छ । दश स्थानीय तहको रु १२ अर्ब […]

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु डेढ अर्ब नाघ्यो

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम डेढ अर्ब नाघेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको बेरुजु रकम एक अर्ब २३ करोड तीन लाख १० हजार रहेकोमा चालु आर्थिक वर्षमा बढेर एक अर्ब ५४ करोड ९३ लाख पुगेको हो ।आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको सरकारी कार्यालय र समिति तथा अन्य संस्थाबाट ३३ अर्ब ५० करोड ४५ लाख ८६ हजार र समिति तथा अन्य संस्था एक अर्ब ९९ करोड ३२ लाख ५९ हजार गरी ३५ अर्ब ४९ करोड ७८ लाख ४५ हजारको लेखापरीक्षण भएकोमा ७

बेरुजु रकम ५ खर्ब रुपैयाँ नजिकै, अघिल्लो अर्थिक वर्षमा थपियो १ खर्ब १५ अर्ब

काठमाण्डाै - सरकारको बेरुजु रकम  झन्डै ५ खर्ब रुपैयाँ पुगेकाे छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष २०७७/७८ सम्म नेपालको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा मात्रै सङ्घ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु कायम भएको छ । महालेखाले अघिल्लाे आर्थिक वर्षमा ५ हजार ६ सय ६५ वटा सरकारी निकायको ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखा परीक्षण गर्दा यो बेरुजु...

गत आर्थिक वर्षमा मात्रै सवा २५ अर्ब बेरुजु

काठमाडौं, पुस १९ । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ह्वात्तै बेरुजु रकम बढेको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६-७७ मा ११ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बेरुजु भएको थियो भने आर्थिक वर्ष २०७७÷७८ मा २५ अर्ब २६ करोड ५० लाख बेरुजु देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन […]

ह्वात्तै बढ्यो बेरुजु

अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ह्वात्तै बेरुजु रकम बढेको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६-७७ मा ११ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बेरुजु भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा २५ अर्ब २६ करोड ५० लाख बेरुजु देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गरेको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार नियमित गर्नुपर्ने बेरुजु १ सय ८ प्रतिशतले बढेको छ भने असुल गर्नुपर्ने ४५ प्रतिशतले घटेको छ । म्याद नाघेको पेस्की बाँकी १ सय ५३ अंकले बढेको छ । केपी ओली सरकारल...

महालेखाको ५८ औं प्रतिवेदन सार्वजनिक, ४ खर्ब १८ अर्ब बेरुजु (प्रतिवेदनसहित)

काठमाडौं : महालेखापरीक्षकको कार्यालयले ५८ औं प्रतिवेदन सार्वजनिक गरेको छ।महालेखाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षणमा चार खर्ब १८ अर्ब रूपैयाँ बेरुजु देखिएको छ।उक्त आर्थिक वर्षमा आवधिक गरी टुंगो  गाउनुपर्ने रकम ६ खर्ब ६४ अर्ब भए पनि त्यसमा ११ अर्ब ४१ करोड थप गरी ६ खर्ब ७६ अर्ब ४१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ।संघ, प्रदेश र स्थानीय तह गरी कुल ५३ खर्ब २७ अर्ब रूपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षक