काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफू चितवन–३ बाट उम्मेदवार बन्ने स्पष्ट पारेका छन्। उनले त्यहीँबाटै चुनाव जित्नेमा ढुक्क रहेको बताए। पोखरामा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रचण्डले चितवन–३ बाट आफ्नो उम्मेदवारी तय भएको उल्लेख गरेका हुन्। प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनु पर्यो भनिराख्नुभएको छ। सबैलाई धन्यवाद नै भन्न चाहन्छु