काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल–प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरू व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।
आज सोमवार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालासँगको छलफलका क्रममा मन्त्री आलेले फूल–प्रसाद बिक्री गर्ने ठाउँ साघुँरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण ती पसलहरू व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको हो ।
मन्त्री आलेले पशुपति क्षेत्र सफा राख्न निर्देशन दिँदै भन्नुभयाे, ‘पशुपतिन...