३८ क्वीन्टल सुन तस्करी प्रकरण : मोरङ अदालतमा मुद्दाको अन्तिम बहस आजदेखि

सुन तस्करीबारे धेरै तथ्यहरू बाहिर ल्याएको ‘साढे ३३ किलो सुन’ प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरू भएको छ।

सम्बन्धित सामग्री

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ २ लाख धरौटीमा छुटे

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाइ रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो।  थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए । युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थि

३८ क्विन्टल सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश धरौटीमा रिहा

३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती पनि  धरौटीमा रिहा भएका छन्। सुनतस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट...

सुन तस्करी प्रकरण : गोरेका भाइको थुनछेक बहस भोलि

२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ । सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग […]

साढे ३३ सुन तस्करी प्रकरण : मुख्य लगानीकर्ता भनिएका ‘काले’ धेरौटीमा रिहा

विराटनगर (अस) । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका काले भनिने कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले अग्रवाललाई मंगलवार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएर अग्रवाल छुटेको मोरङ अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको खुलेको थियो । हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा तस्करी प्रकरणका नाइके चूणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । हत्या अभियोगमा गोरेसहित आठजनालाई कैद फैसला भएको छ । सुन तस्करी प्रकरणमा भने उनीहरूले उन्मुक्ति पाएका छन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल डिपोर्ट भएका उनलाई आइतवार प्रहरीले पक्राउ गरेको थियो । गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’मा उनी प्रतिवादी थिए । पक्राउ परेका अन्य प्रतिवादीहरूले सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् । यो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएकोमा ५६ जनाको हकमा मात्र मोरङ अदालतले यसअघि फैसला सुनाएको छ । ५६ जना प्रतिवादीमध्ये कर्तव्य ज्यान मुद्दामा जोडिएका आठजना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको छ भने ४८ जना प्रतिवादीलाई सफाइ दिएको थियो ।

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप १० वर्ष कैद र एक लाख जरीवाना

विराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा जन्मकैदको सजाय पाएका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना तोकेको छ । गोरेलाई सनम शाक्यको अपहरण गरी शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै अदालतले थप सजाय तोकेको हो । जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलाशले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकजनालाई तीन वर्ष र एकजनालाई ६ महीना कैद सजाय तोकेर सम्पर्कमा रहेका बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको थियो । त्यसबेला गोरेलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीजंग राणाले भने असोज १९ गतेको इजलाशले गोरेलाई शाक्यको अपहरण र शरीर बन्धक बनाएकोमा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन । राणाले भने सोमवार न्यायाधीश लम्सालकै इजलाशले अपहरण र शरीर बन्धकमा सजाय निर्धारण गर्दै गोरेलाई थप १० वर्ष कैद, १ लाख जरीवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने पैmसला गरेको जानकारी दिए । घटनाका मुख्य गोरेउप्रेती सहित ७७ जनालाई प्रतिवादी वनाएर मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । असोज १९ गतेको इजलाशले मुद्दाका मुख्य आरोपी उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजाय तोक्दै बाँकी ५६ जनालाई सफाइ दिँएको थियो । साथै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तवीमा राखेको थियो ।

अदालतको निष्कर्ष : ३३ किलो सुन ‘टाई टाई फिस’

चार वर्ष पहिलेदेखि अधिक चर्चामा आएको साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः पुष्टि हुन हुन नसकेपछि ‘टाई टाई फिस’ भएको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करी’को आरोप लागेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जनाले भने सनम शाक्यको हत्यामा सजायँ पाएका छन्, सुन तस्करीमा होइन । यससँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ ।२०७४ चैत्र २० गते मन्त्रिपरिषद्को निर्णयबाट सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समि

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला

विराटनगर (अस) । ३३ किलो सुन तस्करी र तस्करीमा भरियाको काम गर्ने मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा जिल्ला अदालत मोरङले मंगलवार मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई ३ वर्ष र एकलाई ६ महीनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ । अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकेको स्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले बताए । उनका अनुसार शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चूडामणि उप्रेतीसहित ७७ जना थिए । आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनीहरूविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । कुल प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलाशले मुद्दालाई मुल्तबीमा राखेको राणाले बताए । त्यसबाहेका बाँकी प्रतिवादीको कुनै पनि कसुर पुष्टि नभएकाले इजलासले सफाइ दिएको उनले जानकारी दिए । गोरेको हकमा अपहरण तथा शरीर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि १ महीनाभित्र पुनः पेशी हुने सुनुवाइ इजलाशले गरेको छ । सफाइ पाउने प्रहरी अधिकारीमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् । गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते साढे ३३ किलो सुन काठमाडौं ल्याएकोमा उक्त सुन गायब भएपछि त्यसको खोजी गर्ने क्रममा २०७४ फागुन १८ गते सनमको हत्या भएको थियो । सुन तस्करको भरिया रहेका सनमको हत्यामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो पनि सार्वजनिक भएको थियो । हत्यापछि भारततर्फ सनको शव लैजाने प्रयास गरिरहेको अवस्थामा प्रहरीले विराटनगरबाट बा१२च ५९६३ नम्बरको गाडीमा शव बरामद गरेको थियो । त्यतिबेला गोरेका चालक एवं सहयोगीहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्की पक्राउ परेका थिए । उक्त  प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले विभिन्न मितिमा ३८ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको थियो ।

साढे ३३ किलो सुन तस्करी प्रकरण : यी हुन् सफाइ पाउनेहरु

१९ असोज, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ किलो सुन तस्करीको आरोप खेपिरहेका ४८ जनाले सफाइ पाएका छन् । ७७ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ५६ जना पक्राउ परेका थिए । तीमध्ये ४८ जनाले सफाइ पाएका हुन् । हत्या अभियोगमा गोरेसहित ८ जना दोषी ठहर भएका छन् । ७७ मध्ये […]

सुन तस्करी प्रकरण : शुक्रबार १३ जनाले गरे बहस

१५ असोज, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दामा शुक्रबार १३ जना कानून व्यवसायीले १८ जना प्रतिवादीको पक्षमा बहस गरेका छन् । आइतबारयता जिल्ला अदालत मोरङमा अन्तिम सुनुवाइ भइरहेको छ । शुक्रबार १८ जना प्रतिवादीको पक्षमा १३ जनाले बहस गरेका हुन् । शुक्रबार वरिष्ठ अधिवक्ता यदुनाथ खनाल […]

सुन तस्करी प्रकरण : २८ जना पुर्पक्षका लागि जेल चलान, दुई जना भने छुटे

मोरङ, जेठ ८ – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणका २८ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ...