आफैँले लगाएको कपडामै फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै रु चार करोडको सुन तस्करी गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए तर उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो ।
सो क्रममा लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनलाई सादा पोसाकमा पर...