भारतमा ३४.६ अर्ब डलरको सुन आयात

काठमाडौं। भारतमा गत आर्थिक वर्ष २०२०–२०२१ मा ३४.६ अर्ब डलर बराबरको सुन आयात भएको वाणिज्य मन्त्रालयले जनाएको छ। अघिल्लो आवको तुलनामा त्यहाँ सुन आयात २२.५८ प्रतिशत बढेको छ।भारतमा सुनको घरेलु प्रयोग बढेकाले आयात वृद्धि भएको हो। चाँदीको माग भने ह्वात्तै घटेको छ। सुन आयातमा देखिएको वृद्धिले भारतको व्यापारघाटा कम भएर ९८.५६ अर्ब डलर भएको मन्त्रालयले जानकारी दिएको छ।(एजेन्सी)

सम्बन्धित सामग्री

दैनिक २० किलोसम्म सुन आयात गर्न बैंकहरुलाई अनुमती

काठमाडौं, असोज १२ । अब बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । यसभन्दा अगाडि दैनिक १० किलो सुन आयात गर्न सकिने व्यवस्था थियो । यता राष्ट्र बैङ्कले कुनै महिनामा दैनिक आयात नभएको सुन […]

सुन आयात बढ्यो

सरकारले आयात नियन्त्रण गर्दा पनि सुन आयातमा भने उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा नेपालमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६ सय ३१ किलो सुन आयात भएको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल […]

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

काठमाडौं, चैत २१ । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन […]

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो।भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ। सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए । परिमाण भन्

अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने

काठमाडौँ । अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) उक्त व्यवस्था गरेको हो । विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैङ्कले उक्त निर्देशन जारी गरेको हो । हाल दैनिक २० किलोका दरले सुन आयात हुँदै आएको छ ।

निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित

कोरोना महामारिका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरूमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र बैंकहरूले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले पनि सुन आयात हुन कठिनाई हुने भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर […]

निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने

काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेको हुनाले निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले पनि सुन आयात हुन कठिनाई भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

सुन आयात औसतभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको चैत महीनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । चालू आवका अन्य महीनाहरूमा औसतमा रू। २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महीनामा भने रू ३ अर्ब २ करोड ७१ लाख बराबरको सुन आयात भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यस महीनामा ४६० केजी सुन नेपाल भित्रिएको छ । परिमाणका आधारमा यो वर्ष मासिक औसतमा ३०० केजी सुन आयात हुँदै आएको थियो । चैतमा त्योभन्दा बढी सुनको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । वैशाख महीनामा

सुन आयात परिमाण बढ्यो

अब बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने भएका छन् । यसका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेको छ । यो एक वर्षअघिकै अवस्था हो। एक वर्षअघिसम्म बैंकले दैनिक २० किलो र लगनका समयमा दैनिक २५ किलो सुन आयात गर्न पाउँथे। विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत चैत १६ मा सरकारले दैनिक २० किलोबाट सुन आयातको कोटा १० किलो बनाएको थियो। कान्तिपुरमा खबर छ ।

दैनिक २० किलो सुन आयात गर्न पाउने

नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । बिहिबार बैंकहरुलाई निर्देशन जारी गर्दै दैनिक दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । कोभिड–१९ को महामारी सुरु भएसँगै सरकारले विदेशी मुद्राको खर्चमा मितव्ययी हुनका लागि सुन आयातमा कडाइ गर्दै दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । कोभिड […]