डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने भएको छ । नगरप्रमुख बाजी खड्काको अध्यक्षतामा आज नगर कार्यपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरूको बसेको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको छ । सुत्केरी हुने वा भएका महिलालाई नगरपालिकाको एम्बुलेन्समार्फत जिल्लाबाहिर लैजानुपरेमा ५०५ छुट दिने तथा नगरपालिकाभित्र निःशुल्क […]