खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारी मुख्य मुद्दा

आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।          नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पु¥याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हरसम्भव प्रयास हुने विश्वास गरिएको छ ।          सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको यो भ्रमण सफल हुने अपेक्षा पनि गरिएको छ । कोभिड–१९ को महामारीका कारण उच्चस्तरमा हुन नसकेका द्विपक्षीय भ्रमणलाई निरन्तरता दिन पनि परराष्ट्रमन्त्रीको यो भ्रमण फलदायी हुनेछ । यसअघि भारतको बाह्य गुप्तचर संस्थाका प्रमुख, सेनाध्यक्ष र विदेश सचिवबाट भएको भ्रमणले पनि द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन अहम् भूमिका निर्वाह गरेको थियो । करिब १७ महिनाअघि भारतका विदेशमन्त्रीको नेपाल भ्रमणपछि उच्च कूटनीतिक तहमा पहिलोपटक नयाँदिल्ली जान लाग्नुभएका मन्त्री ज्ञवालीले शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै त्यसलाई दुवै देशका जनताको बृहत्तर हितका निम्ति उपयोग गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित सामग्री

भारत, चीन र नेपालबिच सीमा समस्या

हालै चीनले भारतको अरुणाञ्चल प्रदेशको क्षेत्र चीनको भएको दाबी गरेको छ । धेरै लामो समयदेखि यी दुई देशबिच सीमा समस्या रहिआएको छ । दुवै देशले यो क्षेत्र आफ्नै भूभागरहेको दाबी गरेकाले सञ्चार माध्यमहरू यही समाचारले रंगिएका छन् । ठुला देशका यी झगडामा नेपाल तानिँदै गएको छ । दुवै देशले वार्ताको माध्यमबाट दुई देशबिचको सीमासम्बन्धी समस्याको […] The post भारत, चीन र नेपालबिच सीमा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्नु सक्नुपर्छ अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन्।...

सीमा समस्या छलफलमा सीमित, ईपीजीको कुरै उठेन

१८ जेठ, काठमाडौं । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारतबीचको सीमा समस्या र यसको समाधानबारे कुराकानी गरेका छन् । बिहीबार हैदरवाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त प्रेस सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्या समाधानबारे छलफल भएको बताए । भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई हिमालय जति उचाई दिन सबै समस्या […]

सीमा समस्या समाधान गर्न माेदीलाई देउवाकाे आग्रह

काठमाण्डाै – भारत भ्रमणका रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको छ । नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भेटवार्तापछि दुवै प्रधानमन्त्रीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा विवाद समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दुई देशबीच रहेका सीमा विवादकाे विषय स्थापित संयन्त्रबाट समाधान गर्नुपर्ने बताउनुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली...

चीनसँग सीमा समस्या हल गर्न कूटनीतिक पहल थालिने

काठमाडौं, १९ असोज । सरकारले चीनसँगको सीमा समस्या हल गर्न कुटनीतिक पहलका लागि प्रक्रिया बढाएको छ । हुम्लास्थित चीनसँगको सीमा क्षेत्रमा केही भू भाग अतिक्रमण भएको निष्कर्षसहित चीनसँग छलफल बढाउनका लागि प्रक्रिया बढाइएको हो । गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिले दिएको प्रतिवेदनसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदनमा केही समस्याहरु रहेको […]

सीमा समस्या अध्ययन समितिले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने […] The post सीमा समस्या अध्ययन समितिले प्रतिवेदन बुझायो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लिपुलेक लगायतका सीमा समस्या समाधान गर्ने सरकारको घोषणा

सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने घोषणा गरेको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले यस्तो बताएका हुन् । उनले भने, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने । सीमा क्षेत्रमा सुरक्षाका लागि सीमा चौकी बीओपीहरु वृद्धि गर्ने ।’उनले राष्ट्रिय सुरक्षा नीति देश र जनताको हित हुनेगरी आवश्यक परिमार्जन गरिने बताए ।

सीमा समस्या समाधानका लागि संघ सरकारसँग समन्वय गरिने

सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले सीमा समस्या सामाधानको लागि संघ सरकारसँग समन्वय गरिने बताएकी छिन् ।सोमबार कञ्चनपुर जिल्ला स्थित भारतसँग सीमा जोडिएका क्षेत्रहरुको अनुगमन तथा निरिक्षण गर्दै मन्त्री जोशीले जिल्लास्थित सीमा समस्या सामाधानको लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको उनले बताएकी हुन् । कोरोना कालपछि सीमा क्षेत्रको […]

अंग्रेजका पालाको नक्सा अनुसार सीमा समस्या समाधानको माग

कञ्चनपुर जिल्लाको सीमा समस्या सामाधानका लागि अन्तरराष्ट्रिय सीमा सरोकार समूहले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवी महासेठलाई मागपत्र बुझाएको छ । मन्त्री महासेठलाई उहाँकै कार्यकक्षमा सीमा सरोकार समूहका पदाधिकारीले मागपत्र बुझाउँदै जिल्लाको सीमा समस्याको मुख्य कारकका रुपमा रहेको स्ट्रीप नक्शालाई नयाँ मुलुक नेपालमा गाभिएपछिको अंग्रेजका पालाको नक्शानुसार छानबिन गरी समस्या हल गर्नका लागि आग्रह गरिएका समूहका संयोजक …

सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीलाई मागपत्र

कञ्चनपुर जिल्लाको सीमा समस्या समाधानका लागि अन्तरराष्ट्रिय सीमा सरोकार समूहले आज  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवी महासेठलाई मागपत्र बुझाएको छ । मन्त्री महासेठलाई उनकै कार्यकक्षमा सीमा सरोकार समूहका पदाधिकारीले मागपत्र बुझाउँदै जिल्लाको सीमा समस्याको मुख्य कारकका रुपमा रहेको स्ट्रीप नक्शालाई नयाँ मुलुक नेपालमा गाभिएपछिको अंग्रेजका पालाको नक्शानुसार छानबिन गरी समस्या हल गर्नका लागि आग्रह गरिएका समूहका संयोजक पल्लवराज भट्टले बताए ।