काठमाण्डाै – काठमाण्डौको हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाण्डाैकाे जमलसम्म काठमाण्डाैबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहे पनि मोटरबाटोको सुविधाका कारण गोरखाबाट यस पटक पनि गाडीमै राखेर फूलपाती काठमाण्डाै ल्याइएको छ ।
जमलसम्म गाडीले ल्याएको फूलपाती जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका ...