२६ असोज, गोरखा । गोरखाको ताकुकोटस्थित माइभगवती मन्दीरमा पनि बाजागाजाका साथ फूलपाती भित्र्याइएको छ । यहाँ दरौंदी नदीको दुई ठाउँबाट फूलपाती ल्याइन्छ । निवेल र चनौटे क्षेत्रबाट छुट्टाछुट्टै टोलीले माइभगवती मन्दीरसम्म फूलपाती ल्याउँछन् । विहान मन्दीरबाट उपासेहरु कसैलाई नछोइ खाली खुट्टा हिँड्दै अशोकको फूल र बेलको बोटलाई निम्तो दिँदै दरौँदी नदीमा गएर नुहाउने गर्छन् । […]