RajdhaniDaily.com | काठमाडौं । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय भण्डार महाशाखामा भएको आगलागी घटनामा सुरक्षा कमजोरी देखिएको छानबिन समितिले औंल्याएको छ । दुई एसपीसहित -
वीरगञ्ज। सीमाक्षेत्रबाट भइरहेको अनधिकृत आयातनिर्यात र अपराध नियन्त्रणमा सरोकारावाला सबै क्षबीच सहकार्यको खाँचो औंल्याइएको छ । शुक्रबार वीरगञ्जमा आयोजित ‘राजस्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राजस्व चुहावट र अपराध नियन्त्रणमा सबैको भूमिका महत्त्वपूर्ण भएको बताए । यसमा सबैले एकअर्कासँग सहकार्य गर्नुपर्ने भन्दै महानिरीक्षक अर्यालले कुनै पनि अपराधमा संलग्न देखिने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिए ।
‘तस्कर र प्रहरीको साँठगाँठ कुनै हालतमा हुनु भएन, स्थानीयबाट यस्तो गुनासो संगठनले सुन्न पनि चाहँदैन । संठनविपरीत काम गर्ने कसैलाई पनि छाडिने छैन,’ राजस्व चुहावटमा सहयोग गरेको पाइएमा सशस्त्र प्रहरीका जोसुकै दर्जावालाको पनि बर्दी फुकाल्ने चेतावनीसहित उनले भने । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक खुशी भएमात्रै सीमा सुरक्षित हुने अर्यालले बताए । सीमाक्षेत्र सुरक्षा र सुधारमा सशस्त्र प्रहरीको जिम्मेवारी अझ बढी भएको भन्दै उनले कमी कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । राजस्व बढाउन अर्थ र गृह मन्त्रालय संवेदनशील रहेको उनले बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सीमाक्षेत्रमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी सक्रिय रहेको बताए । यसका लागि रणनीतिक उपाय अपनाइएको उनको भनाइ छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र साहले राजस्व चुहावट नियन्त्रणमा सीमाक्षेत्रका बासिन्दा, उद्योगी, व्यापारी सबैको सहयोग आवश्यक पर्ने बताए । सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणमा संवेदनशील हुन नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले ध्यानाकर्षण गराए ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले देशभित्र उद्योग व्यापार फस्टाउन अवैध कारोबार र अपराध नियन्त्रण हुनुपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको रवैया व्यवसायमैत्री नभएको गुनासो गरे । सिमानामा प्रहरी खटिए अनधिकृत व्यापार नियन्त्रण हुन नसकेको तर तिनै निकायबाट वैध कारोबारीले अनावश्यक दु:ख पाइरहेको कार्यक्रमका सहभागीले गुनासो गरे ।
विवादित पृष्ठभूमिका कारण लाल मोहम्मद विशेष ब्यूरोको नियमित निगरानीमा हुनुपर्ने व्यक्ति हुन् । तर उनी स्वयम्ले आफूलाई कसैले पछ्याइरहेको भन्दै काठमाडौं प्रहरीमा लिखित निवेदन दिँदा पनि मोहम्मद जोगिएनन् ।
काठमाडौँ । नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् । हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी पाएको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले बताए । उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागि नसकेको उपत्यका […]
९ भदौ, काठमाडौं । नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् । हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी पाएको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले अनलाइनखबरलाई बताए । उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो […]
१२ फागुन, काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भिर सुरक्षा लापरबाही भएको पाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसहित विभिन्न निकायको सुरक्षा निगरानी रहने विमानस्थलको तारबार नाघेर एक व्यक्ति ‘अनबोर्ड’ जहाजमै पुगेपछि सुरक्षा कमजोरी सतहमा आएको हो । यस घटनापछि पूर्वाधारमा भएको सुरक्षा कमजारीबारे बल्ल अध्ययन थालिएको छ । गत सोमबार […]
सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ । प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ । छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।कार्तिक १० मा सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किएको थियो । तर, गोली चल्दा कुनै क्षति हुन पाएन । छानविनबाट ‘मिस ह्याण्डलिङ&
सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमबार एकैसाथ सरुवा भएको छ । मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृह मन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ । प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो ।