मुगु– मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् । आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरू प्रविधिमय बन्न थालेका छन् । विद्युतीकरण र इन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरूमा डिजिटल प्रविधिबाट पठनपाठन हुन थालेको छ […]