काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले चार दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएका छन्। उनीहरूले त्रिविको दरबन्दीमा करार गर्नुपर्नेलगायत माग राख्दै गत आइतबारबाट पुन: आन्दोलन गरेका हुन्।प्राध्यापकहरूले पटक-पटक आन्दोलन गर्दै आएका छन्। समान काम र समान ज्याला पाउनको लागि १८ वर्षदेखि आन्दोलन गर्दै आएको गोरखा क्याम्पसबाट आएका आंशिक प्राध्यापक सन्तोष श्रेष्ठले बताए। ‘यहाँ चार पुस्ताका आंशिक शिक्षकहरू छन्,’उनले भने,‘हामीले काम गरेको कम्तीमा मासिक रूपमा
१३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले फेरि आन्दोलनमा उत्रिएका छन् । त्रिविले आंशिक प्राध्यापकलाई करार सेवामा राख्ने सम्झौता गरेको करीब पाँच महीनासम्म पनि कार्यान्वयन नभएको भन्दै आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिएका हुन् । देशभरका आंशिक प्राध्यापकहरु भेला भइ धर्ना दिइरहेको र विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल […]
आंशिक प्राध्यापक संघले आफूहरूलाई करार गर्न माग गर्दै आज माइतीघरमण्डलमा धर्ना दिएको छ । सात दिनदेखि संघका अध्यक्ष डा महेश गजुरेलले कीर्तिपुरस्थित त्रिविको मूल प्रवेशद्वारमा आमरण अनशन जारी राखे पनि त्रिवि र सरकारले सुनुवाइ नगरेको भन्दै एक घण्टा धर्ना दिइएको हो । संघका केन्द्रीय सदस्य योगेशकुमार गोइतका अनुसार संघका सहअध्यक्ष नरेन्द्र भण्डारीसहितको टोलीले आजै राष्ट्रिय…
बडादशैंको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरूले आफूहरूलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनसन र धर्ना जारी राखेका छन् । आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा महेश गजुरेल छ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोका अगाडि आमरण अनसनमा छन् भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना दिइरहेका छन् । संघका…
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले विश्वविद्यालयका उपकुलपति लगायत कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्। आंशिक प्राध्यापकको ब्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्न माग गर्दै उपकुलपति प्राध्यापक तिर्थ खनियासहित सवै कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै धर्ना दिइरहेको त्रिवि आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दल जानकारी दिए। शुकबार बिहान ९ देखि ५…