विभिन्न माग लिएर घरमा नै पुगेका कलाकारलाई प्रचण्डले भने,' तीन दिनमा नतिजा आउने गरी चलचित्र क्षेत्रको समस्या सरकारसँग राख्छु'

काठमाडौं:  केही नेपाली चलचित्रकर्मीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरेका छन्। चलचित्रकर्मीहरूले आज बिहान प्रचण्ड निवास खुमलटारमा गएर कोरोना महामारीबिच थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन्। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको नेतृत्वमा पुगेको टोलीले प्रचण्डलाई चलचित्र क्षेत्रको विषयमा विभिन्न माग गदै ज्ञापन…

सम्बन्धित सामग्री

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो - NepaliPatra

कञ्चनपुर । जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्ला जाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । हात्तीको बथान अझैै आउने डरले कडाराले एक साता अघिदेखि घरमा बस्न छाडेका छन् […]

लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर । जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनले भने, “साँझ नपर्दै छिमेकीको घरमा […]

लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर- जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उहाँ छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ&rdquo...

लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर- जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उहाँ छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ&rdquo...

पर्यटकले भरिँदै घलेगाउँ, होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ !

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘पर्यटक वृद्धि हुँदा घरबास सञ्चालक यतिबेला उनीहरूको सेवामा व्यस्त भइरहेका छन् ।’  पर्यटक आगमन हुँदा आम्दानीसमेत भइरहेको घरबास सञ्चालकको भनाइ छ । यहाँ पर्यटकीय याममा प्रतिघरबासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । घरबास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘यतिबेला पर्यटक आगमन हुँदा यहाँका घरबास सञ्चालकलाई दुईचार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ ।’ पर्यटकले भरिभराउ हुन थालेसँगै घलेगाउँ घरबासका सञ्चालक हर्षित भएका छन् ।  विसं २०५७ देखि सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास (होमस्टे) सञ्चालनमा छन् । तीन सय जना पर्यटक एक रातमा बास बस्न सक्ने छन् । साथै यहाँ दुई वटा होटलसमेत सञ्चालनमा छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कार सँगसँगै आफ्ना कला, वेशभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।  विसं २०६२/०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । यस गाउँमा करीब एक सय ३५ घरधुरी छ ।  यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्ध हिमाल देखिन्छ ।   यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यस ठाउँमा आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायतको परिकार खुवाउने गर्दछन् ।  घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ ।  पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ ।  पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।  यस गाउँमा पैदलयात्रा गरेमा करीब ६ घण्टा समय लाग्छ । काठमाडौंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहरसम्म एक सय १० किमीको दूरीमा छ । त्यस्तै बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ । रासस

विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिंदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रतिघरपरिवार १२ हजारदेखि १५ हजार रुपैयाँसम्म खर्च हुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गरे । गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो । कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरूलाई विद्युत् पुर्याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए ।  ‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरण पार गरी अहिले २४ सैं घण्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पुर्याउने चरणको अन्त्यतिर छौं, अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ, विद्युत् नै नपुगी स‍धैं लोडसेडिङमा रहेका घरमा विद्युत् पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौं, योसँगै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं’, घिसिङले भने, ‘कोही नागरिक पनि विद्युत् उपभोगबाट वञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो, पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निः शुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ ।’  मधेसलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ ।   उनले भने, ‘खेत खेतमा विद्युत् पुर्याएर सिंचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनु पर्छ, यसका लागि स्थानीय तहहरूसँगको सहकार्यमा सिंचाइको विद्युतीकरण अगाडि बढाएका छौं ।’  तराई/मधेश क्षेत्रमा सिंचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।  एक सय केभिएसम्मका जुनसुकै ग्राहकका लागि र २ सय केभिएसम्म दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिंचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ ।  मधेश प्रदेशका ८ ओटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये ग्राहस्थ ग्राहकको संख्या ९ लाख ३४ हजार छ । यसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिक रुपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत्  निःशुल्क पाउने ग्राहकको संख्या २ लाख छ । रासस

गर्मी शुरू भएसँगै हिमाली भेगका 'होमस्टे'मा चहलपहल, घलेगाउँमा भरिए पर्यटक

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ होमस्टे (घरबास)मा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि २ हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका  घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०/५०  पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए ।  ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भने, “जाडोयाम बढेसँगै सुनसान जस्तै बनेको यहाँको घरबासमा यतिबेला बिस्तारै पर्यटक आउन थालेका छन् ।” दैनिकजसो ३० देखि ५० र शुक्रवार, शनिवार तथा बिदाको समयमा १०० जनाभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ ।  वितगमा दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक आउने गरेको र  आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा यहाँका घरबास सञ्चालकहरूले गरेका  छन् । यहाँ पर्यटकीय ‘सिजन’मा प्रतिघरबासले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।  यसअघि पर्यटक नआउँदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चालक अहिले  पर्यटक आउन थालेसँगै पर्यटक सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उनले भनिन्, “यहाँका घरबास सञ्चालकहरूलाई दुई–चार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ । विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास सञ्चालनमा रहेका छन् । ३०० जना एक रातमा बास बस्न सक्नेछन्, साथै यहाँ दुईओटा होटलसमेत सञ्चालनमा रहेका छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।  तत्कालीन सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । यस गाउँमा करिब १३५ घरधुरी रहेका छन् । यहाँबाट ८ हजार १६३ मिटर उचाइको मनास्लु हिमाल, ७ हजार ८३५ मिटरमा रहेको ङादीचुली (डा. हर्क हिमाल), ७ हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, ७ हजार ८९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ । यहाँ घलेराजामध्ये अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको सालिकसमेत देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकहरूले गाउँघरमै उब्जाइएका अग्र्यानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायतको परिकार खुवाउने गर्दछन् ।  घरबासमा आएका पर्यटकहरूलाई सत्कारसँगसँगै आफ्ना कलासंस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरूको जातीया पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झँक्री, सेर्गा लगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला,  गुच्छा र  खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ । पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरू प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो ।  घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक  हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । यस गाउँमा पैदल यात्रा गरेमा करिब ६ घण्टा समय लाग्दछ भने काठमाडौँबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ ।  त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ ।  –रासस

नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन

घरका भित्तामा फोटो सजावट : सजीव सौन्दर्यको नमुना

काठमाडौं । मनाव समुदायले दिनप्रतिदिन हासिल गर्दै गएको प्रगति र प्रविधिको सहज उपलब्धताबाट नेपाल पनि अछुतो छैन । सञ्चार तथा प्रविधिमा भएको विकासको परिणाम हिजोआज सहरमा मात्र होइन, दुर्गम गाउँठाउँमा समेत सबैका हातमा क्यामेरा जडित स्मार्टफोन हुनुले दैनिकीमा घट्ने जुनसुकै घटनालाई तत्काल तस्बिरमा कैद गर्न सक्छौं । विशेष कारणबाहेक फोटो खिच्न पुराना दिनमा जस्तो क्यामेरा र फोटोग्राफर खोज्नुपर्ने जमाना अहिले छैन । घरिघरि खिचिने फोटा सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्ने अर्को आमचलन छ । हाम्रा फोटाहरू हाम्रै जीवनका ऐना हुन्, तिनलाई सामाजिक सञ्जालमा मात्र नभई घरको उचित स्थानमा राख्न (प्रदर्शन गर्न) सके त्यसले घरको शोभा बढाउन मद्दत गर्दछ । घरमा प्रदर्शित फोटो तथा वस्तुले उक्त घरपरिवारको समग्र व्यक्तित्वको बखान गरिरहेको हुन्छ । तसर्थ हामीसँग भएकामध्ये छानिएका फोटोलाई घरको उचित स्थानमा प्रदर्शित गरेर उक्त फोटोमा कैद भएको क्षणलाई जीवन्त बनाउन सकिन्छ । हिजोआज दिनहुँजसो खिचिने हुँदा हामीसँग अनगन्ती फोटाहरू हुन सक्छन् । ती सबैलाई प्रिन्ट गर्ने र प्रदर्शित गर्न खर्च तथा स्थानको कारण व्यावहारिक हुँदैन । तर, व्यक्तिगत, पारिवारिक तथा सामाजिक दैनिकीमा घटेका महत्वपूर्ण घटना र स्मरणयोग्य क्षणका फोटोलाई छानेर हामी घरका भित्ता सजाउन सक्छौं । आफ्नो इच्छाअनुसार घरको उचित स्थान वा भित्तामा फोटो ग्यालरीकै रूपमा भित्ताभरि फोटो प्रदर्शित गर्न सकिन्छ । घरको उचित भाग जस्तै, शयन कक्ष, डाइनिङ कोठा, बैठक कोठा, भ¥याङका भित्ता आदिमा फोटाहरू राख्न सकिन्छ । ती स्थानमा फोटो प्रदर्शित गर्दा कस्ता फोटो कहाँ राख्दा राम्रो होला भन्ने निश्चित नियम वा सिद्धान्त भने पाइँदैन । यसर्थ, हामीले आफ्नो सौख र मन पर्ने विषयका फोटोलाई उचित स्थान चयन गरी प्रदर्शित गर्न सक्छौं । घरमूलीको शयन कक्ष (मास्टर बेडरुम) मा आफ्नो विवाह वा सपरिवारको फोटो वा व्यक्तिगत पोट्रेट फोटोहरू राख्न सके राम्रो हुन्छ । दिनको महत्वपूर्ण समय व्यतीत गर्ने शयनकक्षमा परिवार तथा जीवनको अविष्मरणीय क्षणको फोटोमा आँखा परिरहँदा मनमा सकारात्मक सोच रहिरहन मद्दत गर्न सक्छ भने अपरझट दुखी वा क्रोधित हुनपर्ने अवस्था आए पनि सम्हालिन सहयोग पुग्न सक्दछ । बैठक कोठा वा डाइनिङ कोठामा सपरिवारको सामूहिक फोटो, तक्मा तथा विशेष सम्मानपत्र, प्राकृतिक दृश्य, यात्रासँग सम्बन्धित फोटाहरू राख्न सकिन्न्छ । बैठक कोठामा पाहुना र आफन्त आउने हुँदा त्यहाँ सन्देशमूलक र प्रेरणादायी घटना सम्बन्धित फोटा भए आगन्तुक प्रभावित हुने, जिज्ञासु हुने, त्यही फोटो देखेर नयाँ विषयमा कुराकानी सुरु हुन सक्ने तथा तिनले समेत प्रेरणा लिन सक्छन् । तसर्थ, बैठक कोठामा फोटाहरू प्रदर्शित गर्दा विशेष ध्यान दिनु उचित हुन्छ । परिवारका अन्य सदस्यजस्तै केटाकेटीको कोठा वा तिनको अध्ययन कक्षमा उनीहरूको पढाइसम्बन्धी, पुरस्कार प्राप्त गरेको, अध्ययन गरिरहेको वा विद्यालय जाँदाको पहिलो दिनका फोटा राख्न सकिन्छ । यसबाट उनीहरूले पढाइमा अझ राम्रो गर्न प्रेरणा लिन सक्छन् । घरको भ¥याङसँगैका खाली भित्तामा प्राकृतिक दृश्य आदिको फोटो राख्नाले आगन्तुकलाई स्वागतको संकेतको काम गर्दछ । फोटोमा प्रदर्शित सुन्दर दृश्यले जोकोहीको मन बहलाउन मद्दत गर्दछ । पूजाकोठामा स्वाभाविक रूपमा भगवान्को फोटो, आफ्नो इष्टदेवता वा आफ्नो आध्यात्मिक विश्वासअनुसारको देवदेवी वा स्थानको फोटो राख्नु उपयुक्त हुन्छ । पूजाकोठामा राखिने फोटा आफूलाई थाहा नभएको अवस्थामा पुरेत वा विज्ञसँग सल्लाह लिई उचित स्थानमा उचित देवदेवीको फोटो राख्नले शास्त्रसम्मत भई यथोचित फल प्राप्त हुन मद्दत गर्न सक्छ । घरमा फोटो प्रदर्शनका लागि यकिन नियम नभएको हुदाँ धेरै कुरा आफैंमा भर पर्ने हुन्छ । माथि उल्लिखित विषयका अलावा आफ्नो पेसा, बाल्यकाल, पारिवारिक इतिहाससँग सम्बन्धित, काम वा अध्ययनका लागि टाढा–टाढा पुगेका परिवार सदस्यसँग सम्बन्धित फोटालाई पनि उचित स्थानमा राख्न सके पारिवारिक एकता थप मजबुत बनाउन तथा घरको शोभा बढाउन मद्दत गर्दछ । भित्तामा फोटो झुन्ड्याउनका लागि घरको भित्तामा प्वाल पार्नुपर्ने र सिमेन्टको भित्तामा त्यस्तो प्वाल पार्दा त्यति राम्रो नदेखिने हुन सक्छ । बजारमा सस्तैमा किन्न पाइने बलियो गमयुक्त फोटो झुन्ड्याउने हुक प्रयोग गरे अझ राम्रो हुन्छ । जेहोस्, घरका कोठा तथा उपलब्ध खुला भित्तालाई फोटोले सजाई आफ्नो घरलाई झन् जीवन्त र सुन्दर बनाउने अवसरबाट कोही पनि नचुकौं ।

हेटौंडा सिमेन्ट उद्योग : रू. १ अर्ब ४० करोड बराबरको सिमेन्ट विक्री

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा कुल १ अर्ब ४० करोड ३३ लाख ९९ हजार रुपैयाँ बराबरको सिमेन्ट विक्री गरेको छ । गत आवमा १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट विक्रीबाट सो बराबरको आर्थिक कारोबार गरेको हेटौंडा सिमेन्ट उद्योगले बताएको छ । गत आवमा ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरोनाको असहज परिस्थिति, पुरानो मेशिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्य भेट्टाउन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए । उद्योगका विभिन्न चार स्थानमा चुनढुंगा खानी छन् । यद्यपि उद्योगले गत आवमा आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे र धादिङको जोगिमाराबाट मात्र चुनढुंगा ल्याएको थियो । उद्योगले सो आवमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिए पनि १ लाख मेट्रिक टन मात्र उत्पादन भएको बताइएको छ ।      एशियाली विकास बैंकको ऋण सहयोगमा २०३३ सालमा स्थापित यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत शेयर छ । उद्योग लामो समयदेखि नाफामा जान सकेको छैन । यद्यपि उद्योगलाई नाफामा लैजान अन्य निजीक्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योगसरह नयाँ प्रविधि जडान गर्नेगरी विकास गर्न आवश्यक रहेको महाप्रबन्धक सिंहले जानकारी दिए ।     हेटौंडा सिमेन्ट उद्योगअन्तर्गत करीब १०१ बिगाहा क्षेत्रफलमा उद्योग र आवास क्षेत्र छ भने विभिन्न स्थानमा गरी करीब २०० बिगाहा क्षेत्रफलमा उद्योगका लागि आवश्यक कच्चापदार्थ खानी (चुनढुंगा) छ । उद्योगका लागि आवश्यक कच्चापदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी छ । उद्योग धेरैजसो आवमा नोक्सानीमा सञ्चालन हुँदै आएको छ । पुराना मेशिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले उद्योगले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु साहले बताए । उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करीब २ अर्ब बराबरको वार्षिक आम्दानी र सोभन्दा बढी खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा हुने गरेको छ । उद्योगमा स्थापना गरिएको प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थ मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजीक्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तर उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले बताएको छ ।      उद्योग प्रशासनका अनुसार हेटौंडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिक बढी छ । काठमाडौंमा हेटौंडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि हेटौंडा सिमेन्ट उद्योगद्वारा उत्पादित सिमेन्टको माग बढेको उद्योगको दाबी छ । २०३३ सालमा स्थापित उद्योगले २०४२ देखि व्यावसायिक उत्पादन शुरू गरेको थियो । रासस