आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका देउवाको मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो । देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता …