काठमाडौं, (नेस) लागूऔषधविरुद्धको अभियानलाई तीव्र बनाएको लागूऔषध नियन्त्रण ब्युरोले एक हप्ताको अवधिमा विभिन्न लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । सो अवधिमा ब्युरोले एम्फेटामाइन २ सय २२ ग्राम र २ हजार ४ सय ७० एम्पुल नियन्त्रित लागूऔषध नियन्त्रणमा लिएको छ । गोरखा अजिरकोटका चिजकुमार गुरुङलाई टोखाबाट २ सय २२ ग्राम एम्फेटामाइनसहित पक्राउ गरेको छ । […]