काठमाडौं : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुले मंगलबारदेखि प्रतिष्ठानको मुल ढोकामा तालाबन्दी गरेर कार्यालयका सम्पूर्ण कामकाज बन्द गरेका छन्। मंगलबार कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चितताका लागि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन्।‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरू प्रदेश सरकार