स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरण सम्बन्धी नियमावली बनाइ हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरुले मंगलबार प्रतिष्ठान भवनमा तालाबन्दी गरेका हुन् ।