राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा भइरहेको अवरोध हटाउन प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । उनले संसदको रोष्टमबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई रुलिङ गर्दै बैठकलाई सहज रुपमा अघि बढाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । बिहीबार एमालेको विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरेका उनले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन प्रतिपक्षी दललाई पनि आग्रह गरेका हुन् । राष्ट्रियसभाको बैठकमा एमाले सांसदहरुले आफ्नो स्थानबाट उभिएर विरोध प्रकट गरेका थिए । राष्ट्र