काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्तुष्टी जनाएका छन्। काठमाडौंमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाएका हुन्।उनले राष्ट्रिय योजना आयोगले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेको आरोप लगाए। उनले योजनाबद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर