काठमाडौं, भदौ २५ । कालीकोटबाट बिहीबार बेपत्ता भएका आमा छोरा आइतबार परिवारको सम्पर्कमा आएका छन् । दैलेख भगवतीमाई गाउँपालिका–५, कट्टीघर भएर मान्मा बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी र छोरा ३ दिनपछि सम्पर्कमा आएका छन् । कालिकोटको मान्मा बजारबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा–छोरा तीन दिनपछि आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । […]
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारबाट बिहीबार रातिदेखि आमा छोरा बेपत्ता भएका छन्। रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण गरेर मारेको आशंका गरिएको छ ।
कालीकोटको सदरमुकाम मान्माँ बजारबाट बिहीबार रातिदेखि आमा–छोरा बेपत्ता भएका छन् । रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।
दोहा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका चार नेपाली युवा बेपत्ता भएका छन् । २ वर्ष अघि साउदी अरब गएका नुवाकोट विदुर (६ महारानी डिहीका सुशील सडौला बेपत्ता भएका हुन् । गत जेष्ठ १५ गते देखि छोरा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आमा पम्फा सडौलाले रियादस्थित नेपाली दूतावास ,सङ्घसंस्थाका प्रतिनिधिलाई गुहारेकी छिन । २०२१ सेप्टेम्बर १३ […]
सिन्धुली। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । हरिहरपुरगढी गाउँपालिका ६ रागेचुलीका २८ वर्षका राजकुमार गोलेको खोलाले बगाएर मृत्यु भएको हो । उनकी आमा ५७ बर्षकी माया गोले तीन देखि बेपत्ता भएका छिन् । गएको भदौं ७ गते आमा माया र छोरा राजकुमार घरभन्दा […]
जुम्ला : कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा गत असोज २३ गते आएको बाढीपहिरोले १३ जना मलामी बगाएको घटनाले आलै छ। यो गाउँ अहिले पनि शोकमग्न छ। बाढीपछि विपत्का भग्नावशेष राजमार्ग छेउछाउमा अहिले पनि छन्।बाढीपहिरोले कर्णाली राजमार्गमा पर्ने राँचुली गाउँका १३ जना मलामी बगाएर बेपत्ता बनाएको थियो। खोला उजाड र सुक्खा छ। खोलाको पूर्वतिर सडक माथिपट्टि मलामी गएर बेपत्ता भएका २३ वर्षीय नरेश शाहीको घर छ। एक मात्रै छोरा मलामी जाँदा बेपत्ता भएपछि आमा पारु शाहीका आँखा अहिले पनि ओभाएका छैनन्।
काठमाडौं : त्रिशूली नदीले बगाएर वेपत्ता भएका नुवाकोटको विदुर नगरपालिका–३ का आमा छोरा अझै फेला पर्न सकेका छैनन्।हिजो अपराह्न स्थानीय २८ वर्षीया सङ्गीता श्रेष्ठ र उनका सात वर्षीय छोरा युनिसलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको थियो। युनिकलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा सङ्गीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए।उनका अनुसार उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए। खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धु
शनिबार दिउँसो विदुर नगरपालिका ३ ढोडेनी बस्ने आमा र छोरा त्रिशूली नदीले बगाउँदा बेपत्ता भएका छन् । ७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा नदीले बगाएको थियो। छोरालाई बचाउन भनेर गएकी उनकी आमा ३२ वर्षीया सन्जितालाई पनि नदीले बगाएको हो। सशस्त्र प्रहरी बल र स्थानीयहरूले उनीहरूको खोजी गरिरहेको छ।
गुल्मीको चारपाला गाउँका एक बृद्ध दम्पती द्वन्द्वकाल देखि बेपत्ता भएका आफ्ना छोराको खोजीमा तड्पिँदै आएका छन् । गुल्मीदरबार गाउँपालिका–७ , चारपाला गाउँमा मन्त्री भनेर चिनिने खुमबहादुर बस्नेत २०५६ साल देखि बेपत्ता भए पछि उनका बाबु आमा तड्पिँदै आएका हुन् ।उति बेला देखि विभिन्न माध्यमबाट खोजी गर्दा पनि छोरा फेला नपरेका कारण सञ्चार माध्यमको सहारा लिनु परेको बेपत्ताका बाबु हुमबहादुर बस्नेतले बताए । आफू नेपाली सेनाबाट पेन्सन पकाए पछि भारतको पञ्जावमा श्रीमती लिएर गएको ब
झापा : जिल्लाको भद्रपुरबाट ११ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका– २ स्थित कमलधाम गुम्बा बस्ने जितबहादुर निरौलाको ११ वर्षीय कान्छो छोरा दिपु निरौला जेठ १९ गतेदेखि बेपत्ता भएका हुन्।भर्खरै भारतको असामबाट बसाइँ सरेर भद्रपुर आएका जितबहादुरका छोरा दिपु सिचाई प्रावि कक्षा ४ मा अध्ययनरत छन्। छोरा दीपु जेठ १८ गते बुधबार बिहान विद्यालय जान नमानेपछि हातमा बोकेको मोबाइल फोन खोसेर दुई झापड हानेको बताउँदै उनकी आमा सन्तोषी देवीले भनिन्, 'त्यो दिन छो