राजधानीकै शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लागेको छ । शिवपुरी–नागार्जुन क्षेत्र चितुवा, बँदेल, हरिण/मृगलगायत संरक्षित वन्यजन्तुको बासस्थान हो । पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको यो निकुञ्जमा लागेको आगो साँझ नियन्त्रणमा आएको छ । करिब ७ हेक्टर क्षेत्रसम्म डढेलो फैलिएको थियो ।