कांग्रेसको १४औँ महाधिवेशन : भृकुटीमण्डपमा प्रतिनिधि तथा नेता, कार्यकर्ता पुग्ने क्रम सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि पुग्ने क्रम सुरु भएको छ । त्यस्तै नेता, कार्यकर्ता पनि जमघट हुन थालेका छन् । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि छन् । प्रतिनिधिहरु काठमाण्डौ आइसके...