चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेको धुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धुर्वे हात्तीले बिहीबार भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। बुधबार साँझ माडी क्षेत्रमा देखिएको हात्ती बिहीबार बिहान बयरघारी क्षेत्रमा आइपुगेको हो। अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बनेको उनले बताए। हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ। रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न